सार्क महासचिव सरवरको परराष्ट्रमन्त्री खनाल र सचिव राईसँग बिदाइ भेट

डिसी नेपाल
३० असोज २०८३ १७:५५

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले छुट्टाछुट्टै बिदाइ भेट गरेका छन्।

भेटका क्रममा सार्कको महत्त्व र क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। जलवायु परिवर्तन तथा विपद् प्रतिकार्यलगायतका क्षेत्रमा क्षेत्रीय सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिइएको थियो।

परराष्ट्रमन्त्री खनाल र परराष्ट्र सचिव राईले आफ्नो कार्यकालमा सार्क महासचिवका रूपमा पुर्‍याएको योगदानका लागि सरवरलाई धन्यवाद दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *