पार्टी कार्यालयमा सम्बोधन गर्दै रविले भने- ममाथि राजनीतिक प्रतिशाेध साँध्न खोजियो

आफ्नो पक्राउको प्रतिवाद गर्न कार्यकर्तालाई आग्रह

डिसी नेपाल
६ असोज २०८१ २२:५४
1.0k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिरोध साध्न खोजेको आरोप लगाएका छन्।

प्रहरीले पक्राउ गर्ने संकेत पाएपछि आइतबार राति पार्टीका नेताहरुसंगको छलफलपछि पार्टी कार्यालय बनस्थलीमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले सहकारी प्रकरणमा जवरजस्ती दोषी देखाएर राजनीतिक प्रतिरोध साँध्न खोजेको आरोप लगाएका हुन्।

उनले आफूलाई पक्राउ गर्ने बिषयमा बुझ्दा पक्राउ गर्ने कुनै तयार नभएको जानकारी पाए पनि सरकारको कुनै भरोसा नभएकाले अलर्टमा बस्ने कार्यकर्तालाई आग्रह गरे।

सहकारी छानविन समितिको प्रतिवेदनले समेत सहकारी प्रकरणमा कुनै संलग्नता नरहेको देखाएपछि आफुबिरुद्ध मिडिया ट्रयाल गर्न खोजिएको उनले बताए।

लामिछानेले आफू निर्दोष रहेकाले जस्तोसुकै अनुसन्धानमा सघाउन पनि तयार रहेको जिकिर गरे। उनले आफूले कानून मान्ने, अनुसन्धानमा सघाउने तर कसैको अन्याय नसहने स्पष्ट पारे।

आफ्नो सम्बोधनका क्रममा लामिछानेले सम्बन्धीत निकायले पक्रने कुनै तयारी नरहेको भनेपनि आफुलाई राज्यले जुनसुकै बेला पनि पक्रन सक्ने भएकाले व्यक्तिगत रुपमा नभइ पार्टीगत रुपमा प्रतिवादका लागि तयार रहन नेता तथा कार्यकर्तालाई आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *