देशका विभिन्न सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

डिसी नेपाल
१ कार्तिक २०८३ ७:१४

काठमाडौं।  देशका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १४ जनालाई पक्राउ गरिएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका-३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका हुन्।

त्यसैगरी, ललितपुर महानगरपालिका-१८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका-५ घर भई ललितपुर चुनिखेल बस्ने २२ वर्षीय नवीन आले मगरसहित दुई जना पक्राउ परेका छन्। उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट नाइट्राजेपामसहित बेलका-४ प्रगति टोलका २१ वर्षीय सरोज बर्देवा नियन्त्रणमा लिइएका छन्।

उता कञ्चनपुरको बेलौरी नगरपालिका-१ फटैया खल्लाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पुनर्वास नगरपालिका-११ डोकेबजारका ३० वर्षीय विशाल विक र कैलालीको जोशीपुर गाउँपालिका-९ का २२ वर्षीय कुशल चौधरी पक्राउ परेका छन्। यस्तै, झापाको मेचीनगर नगरपालिका-२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित मेचीनगर-८ का ३९ वर्षीय मिलन मेचेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका-१ हलगडा चोकबाट ट्रामाडोल र डाइक्लोमाइनसहित मोरङको सुन्दरहरैँचा नगरपालिका-५ सिक्किमे चोकका ३१ वर्षीय पर्शुराम गुरुङ पक्राउ परेका छन् भने इटहरी-२ बरगाछीबाट सोही ठाउँका २८ वर्षीय उज्ज्वल बुढाथोकी पक्राउ परेका छन्। प्रहरीले उनीहरूले प्रयोग गरेका दुई वटा मोटरसाइकलसमेत बरामद गरेको छ।

यसैगरी, तनहुँको भिमाद नगरपालिका-६ शान्तिनगर टोलमा डेरा गरी बस्दै आएका भिमाद-३ जलौदीका ३१ वर्षीय शिव मल्ललाई फेनारगन, डाइजेपाम र बुप्रेनोर्फिनसहित प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *