कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

डिसी नेपाल
१ कार्तिक २०८३ ६:३७
12
Shares

काठमाडौं।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। बाँकी प्रदेशका हिमाली भागमा भने आंशिक बादल लाग्नेछ।

तराई क्षेत्रको कुरा गर्दा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

आज राति पनि देशका हिमाली भागका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहनेछ।

साथै, बिहानपख तराईका केही भूभागमा हुस्सु लाग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *