रौतहटमा पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

डिसी नेपाल
८ असोज २०८१ १३:४५
180
Shares

रौतहट। रौतहटस्थित जिल्ला प्रशासन कार्यालय गौरले पहिलो पटक एकजना गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ ।

सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि सोमवार जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।

फकरुदिन अलिअहमद शेखले रौतहटको गढिमाई नगरपालिका ३ साविक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख गरि गैर आवासिय नागरिकता प्रमाणपत्र लिएका छन्।

नेपाल सरकारले निर्धारण गरेको प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट अलीलाई पहिलो पटक गैर आवासिय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन्।

प्रशासनबाट सहजरुपमा गैर आवासिय नेपाली नागरिकता प्राप्त भएपछी जर्मनी नागरिक अली खुसी संगै आभार प्रकट गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *