नेप्सेमा ४९ अंकको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार

डिसी नेपाल
९ असोज २०८१ १५:३०
172
Shares

काठमाडौं। नेप्सेमा आज ४९ अङ्कको बढेको छ । बुधबार नेप्से ४९.१३ अंकले बढेर २५१९.५७ विन्दुमा रोकिएको हो।

आज ३२७ कम्पनिको कारोबार हुदा एक करोड २४  लाख ९८ हजार ९८९ कित्ता शेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, न्यादी हाइड्रो, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत र थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज हिमालयन हाइड्रोको शेयर मुल्य सर्बाधिक ६।३६ प्रतिशतले घटेको छ।

त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ६४ लाख १७ हजार ७८७ बराबरको शेयर कारोबार भएको छ।  त्यस्तै आज हाइड्रोइलेक्ट्रीसिटीको शेयरको सबैभन्दा बढी ५ लाख ५४ हजार ८४८ कित्ता शेयर कारोबार भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *