चट्याङ लागेर वृद्धको मृत्यु
बाजुरा। चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–४ बागेगाउँका ६० वर्षीय खम्म कटुवाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जनक बोहराका अनुसार चट्याङ लागेर कटुवालको घटनास्थलमै मृत्यु भएको हो।
चट्याङ लागेर गौमुल गाउँपालिका–४ की ४० वर्षीया साउनी रोकाया घाइते भएकी छिन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। चट्याङ लागेर रोकायाका चार बाख्रासमेत मरेका प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment