बालाजुमा खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता

डिसी नेपाल
११ असोज २०८१ २०:२५
200
Shares

काठमाडौं। काठमाडौंको बालाजु क्षेत्रमा ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

काठमाडौं महानगरपालिका–१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने सडकमा आज साँझ ६ः१५ बजेतिर बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने चालक राजन श्रेष्ठलाई खोलाले बगाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मोटरसाइकल निकाले पनि चालक श्रेष्ठ वेपत्ता छन् ।

हाल श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *