नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता

डिसी नेपाल
१२ असोज २०८१ १०:५५
100
Shares

काठमाडौं। नक्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन्। शनिबार बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटका चार जनालाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बाढीमा बेपत्ता भएकामा एक बालकसहित दुई पुरुष र एक महिला रहेका छन्।

नदीको बीचमा रहेको टहरोमाथि लामो समयसम्म बसेर उद्धारको गुहार लगाएका उनीहरुको समयमा उद्धार नहुँदा नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन्।

अहिले उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *