नख्खु खोलाले बगाएका चार मध्ये तीनको उद्धार

डिसी नेपाल
१२ असोज २०८१ १२:०९
220
Shares

काठमाडौं। ललितपुर महानगरपालिका नखिपोट क्षेत्रमा नख्खु खोलाले बगाउँदा बेपत्ता भएका मध्ये ३ जनाको उद्धार गरिएको छ।

बाढीमा फसेका उनीहरुले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहे पनि अचानक टहरो भत्किएपछि उनीहरुलाई बाढीले बगाएको थियो ।

बाढीले बगाएका चार जनामध्ये ३ जनालाई स्थानीयले उद्धार गरी पाटन अस्पताल पठाइएको छ भने एक जना भने अझै बेपत्ता रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *