झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा बस भेटियो

डिसी नेपाल
१३ असोज २०८१ ९:४५
140
Shares

धादिङ। पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटिएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो। प्रहरीले अहिलेसम्म २ शव समेत फेला परेको बताएको छ।

अहिले पुरिएको अवस्थामा रहेको बसको केही भाग मात्र देखिएकोले कस्तो बस हो भन्ने बारेमा केही बेरपछि जानकारी हुने भएको छ।

शुक्रबार गोरखाबाट काठमाडौंका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौंका लागि हिडेको माइक्रो बस अहिलेसम्म सम्पर्कविहीन भएको बताइएको छ।

बस र माइक्रोको खोजी जारी रहेको र झयाप्ले खोलामा सवारी साधन पुरिएको अवस्थामा भेटिएकाले यही पहिरोमा परेको हुनसक्ने आशंका गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *