झ्याप्ले खोलाबाट थप ११ शव निकालियो, गोरखाबाट आउँदा हराएको बसका यात्रु हुन सक्ने
काठमाडौं। नागढुंगा नजिकै झ्याप्ले खोलाबाट पुरिएका थप ११ जनाको शव निकालिएको छ। यी शव हिजो भेटिएका माइक्रोबस बाट निकालिएका शवभन्दा फरक र थप हुन् । शव ९ पुरुष र २ जना महिलाको भएको बताइएको छ।
यी शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा हराइरहेको बसका यात्रुहरूको हुन सक्ने आशंका गरिएको छ तर यो पुष्टि हुन सकेको छैन। पहिरो पन्छाउने क्रममा यहाँ पुरिएको एउटा बस फेला परेको थियो जुन बसको अहिलेसम्म पहिचान गर्न सकिएको छैन।
बस निकाल्ने क्रममा शव फेला परेको हो । बस पूरै निकाल्न बाँकी छ र बसको नम्बर प्लेट अझै पुरिएकै अवस्थामा छ। सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । यही ठाउँबाट हिजो २ पुरिएका माइक्रो बस र १४ शव निकालिएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment