सुनको मूल्य तोलामा छ सयले घट्यो
काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सयले घटेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार छ सय निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा १० ले घटेको छ। शुक्रबार प्रतितोला एक हजार नौ सय ५५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ४५ निर्धारण भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment