झ्याप्ले खोलामा अवरुद्ध सडक सुचारु गराउने तयारी

डिसी नेपाल
१३ असोज २०८१ १८:४५
344
Shares

काठमाडौं। धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक खुलाउने तयारी भइरहेको छ।

पहिरोले पुरिएका चार सवारी साधनबाट शनिबार र आइतबार गरि ३५ शव निकालेपछि अब सुरक्षाकर्मीले सडक खुलाउन ध्यानकेन्द्रित गरेका छन्।

ह्याप्ले खोलाको पहिरोमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर, चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस, गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस तथा बा १ प १३८८ नम्बरको बस पुरिएका थिए।

पहिरोमा पुरिएको बस तथा शव नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले निकालेको हो। यो क्रम जारी रहने प्रहरीले जनाएको छ ।

अहिले राजमार्गमा लामो जाम भएकोले सडकलाई आजै एकतर्फी बह्येपानी खुलाउने गरी काम भइरहेको प्रहरीले जानकारी दिएको छ।

चापलाई ध्यानमा राख्दै शनिबार विहानदेखि सुरूङमार्गबाट सवारी साधन काठमाडौं पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *