नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार

डिसी नेपाल
१६ असोज २०८१ १५:२८
108
Shares

काठमाडौं। नेप्सेमा आज २६ अंकको गिरावट आएको छ। बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा रोकिएको हो ।

आज ३१० कम्पनिको कारोबार हुदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ को खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ।

त्यसैगरी आज नेशनल फाइनान्सको सबै भन्दा बढी २०  करोड ७१ लाख ५५ हजारको शेयर कारोबार भएको छ। त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ७ लाख ९ हजार ८६७ कित्ता शेयर कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *