‘लेकिमा’ बाट एक करोड २० लाख चिनियाँ प्रभावित
बेइजिङ । चीनमा यस साता आएको आँधीका कारण ‘लेकिमा’ का कारण झण्डै एक करोड २० लाख नागरिक प्रभावित भएका छन्। चीनको आपतकालीन व्यवस्था मन्त्रालयका अनुसार च च्याङ, शाङहाइ, च्याङ सु, शान तुङ, आन्हुइ, फुच्येन, हपै, ल्याउ निन, चि लिनलगायतका प्रान्त र शहरमा आँधीको प्रभाब परेको छ।
मन्त्रालयले भनेको छ, “आँधीका कारण ८९ लाख ७० हजार व्यक्तिलाई गम्भीर प्रभाव पारेको छ । आँधीबाट १७ लाख तेह्र हजार व्यक्तिलाई आपतकालीन उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ।” आँधीका कारण १३ हजार घरहरू भत्किएका छन् भने एक लाख १९ हजार घरहरूमा क्षति पुगेको छ। आँधीपछि आएको बाढीका कारण नौ लाख ९६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ।
‘लेकिमा’ आँधीका कारण सबैभन्दा धेरै च च्याङमा ३९ जनाको मृत्यु हुनुका साथै नौ जना बेपत्ता भएका छन् भने आन्हुईमा चार जनाको ज्यान गुमेको छ भने पाँचजना बेपत्ता भएका छन्। त्यसैगरी शान तुङमा पाँच जनाको मृत्यु भएको छ भने सातजना हराइरहेका छन्।
अर्थ मन्त्रालय र आपतकालीन व्यवस्था मन्त्रालयले च च्याङ, च्याङ सु, शान तुङ तीनवटा प्रान्तमा उद्दारका लागि तीस करोड चिनियाँ युआन विनियोजन गरेको जनाएको छ। रासस÷सिन्ह्वा
No ads found for this position



डिसी नेपाल
Facebook Comment