काठमाडौंमा जापानिज भाषा तथा शिप विकास केन्द्रको उद्घाटन

डिसी नेपाल
१७ असोज २०८१ १५:५२
128
Shares

काठमाडौं । पछिल्लो समय जापान नेपालीको आकर्षको केन्द्र बन्न थालेको छ। अध्ययन वा काम गर्ने दुवैतर्फ जापान जाने नेपालीको संख्या बढिरहेको छ।

अमेरिका, अष्ट्रेलियापछि जापान पढ्न जाने नेपालीकोको संख्या उल्लेख्य रहेको छ। वर्किङ भिषामा पनि जापान जानेको संख्या बढिरहेको छ। जापान जानेको संख्या बढेसँगै त्यहाँ पुगेर नेपालीले दुःख पाएका समाचार पनि सार्वजनिक हुन थालेका छन्।

विशेष गरी भाषा र शिप विना वैदेशिक रोजागरीमा जाँदा नेपाली कामदार र विद्यार्थीले सास्ती व्यवहोर्नु परेपछि त्यसलाई कम गर्ने उद्देश्यले जापानिज ट्रेनिङ एण्ड भोकेशनल कलेज (तोकुतेइ गिनोउ इकुसेइ) स्थापना गरिएको छ । काठमाडौंको सुकेधारामा अवस्थित यस कलेजको बिहीबार  जाइका नेपाल प्रमुख माचुजाकी मिजुकीले  उद्घाटन गरेका हुन्।

जापान जाने विद्यार्थी र नेपाली कामदारको संख्या बढिरहँदा भाषा र शिपयुक्त जनशक्ति निर्माण गर्ने उद्देश्यले कलेजको स्थापना गरिएको कलेजका संचालक राजेन्द्र केसीले जानकारी दिए।

‘विदेश जाने मान्छेले जुन देशमा जाँदै हुनुहुन्छ त्यो देशको भाषाको ज्ञान लिएर जाने, जुन कामको लागि जाँदै हुनुहुन्छ, त्यो कामको शिप लिएर जाँदा राम्रो हुन्छ, दक्ष जनशक्तिनै विदेशमा काम लाग्ने हो, त्यही भएर हामीले भाषा र दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यले यो कलेज स्थापना गरेका हौं,’ निर्देशक महेशकुमार श्रेष्ठले भने, ‘जापान जानेलाई भाषादेखि लिएर त्यहाँ गर्ने काममा समस्या नहोस् भनेर हामीले यो कलेज स्थापना गरेका हौं ।’

सरकारसँग अनुमति लिएर र समन्वय गरेरै आफूहरुले कलेज स्थापना गरेको बताउँदै उनले आफूहरुको भाषा र शिप सिकाएर दक्ष जनशक्ति उत्पान गर्ने रहेको बताए

विभिन्न म्यानपावरबाट जापान जान खोज्ने कामदारहरु यो कलेजमा आएर भाषा र शिप सिक्नेछन्। यहाँबाट भाषा र शिप सिकेका जनशक्ति अन्य म्यानपावर कम्पनीमार्फत जापान जान सक्छन् ।

विगत दुई दशकदेखि पाँच जना अनुभवी सञ्चालकहरु रमेश देवकोटा,  राजेन्द्र केसी,  महेशकुमार श्रेष्ठ, अरुण पाण्डे र अमिता खड्गी  जापानका  विभिन्न शिक्षा भाषा र शिपसँग सम्बन्धित संस्थासँग आवद्ध छन्।

विगत दुई दशकदेखि शैक्षिक क्षेत्रमा आवद्ध पाँचै जना कलेज सञ्चाकले सुरु गरेको भाषा तथा शिप सिकाउने ट्रेनिङ सेन्टरबाट जापान जान चाहने जनशक्ति लाभान्वित हुने विश्वास गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *