यी हुन् एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भएका खेलाडी

डिसी नेपाल
२१ असोज २०८१ १०:५४
204
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सम्पन्न भएको छ। आइतबार भएको अक्सनमा एनपीएलका आठ फ्रेन्चाइजीले मार्की खेलाडीसहित ११-११ खेलाडी किनेका छन्।

अक्सनमा १२ खेलाडीलाई सर्बाधिक १५ लाखको बोली लागेको छ। जसमा राष्ट्रिय टिमका खेलाडी अनिल कुमार शाहका लागि सबै आठ फ्रेन्चाइजीले बोली लगाएका थिए।

त्यस्तै विराटनगर किंग्सले लोकेस बम र प्रतिस जिसीका लागि १५ लाख खर्च गरको छ भने जनकपुर बोल्ट्सले ललित राजबंशी र अनिल कुमार शाहका लागि १५ लाख खर्च गरेको छ।

त्यसैगरी कर्णाली याक्सले गुलशन झाका लागि काठमाडौँ गुर्खाजले शहाब आलम र भीम सार्कीका लागि लुम्बिनी लाइन्सले सुर्य तामाङ, बिबेक यादव र सन्दीप जोराका लागि १५-१५ लाख खर्च गरको छ।

त्यसैगरी पोखरा अभेन्जर्सले सागर ढकालका लागि सुदूरपश्चिमले आरिफ सेखका लागि उच्च मुल्य १५ लाख खर्च गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *