आफ्नी हुनेवाली श्रीमती पट्याउनेलाई लाखौं पैसा विलासी गाडी र घर दिने घोषणा

डिसी नेपाल
२९ साउन २०७६ १५:०६

काठमाडौं। बिहे गर्न लागेका धनी युवकहरुलाई आफूसँग बिहे गर्न लागेकी युवतीले आफ्नो पैसा देखेर बिहे गर्न लागेकी हुन् वा साँच्चै माया गर्छिन् भन्ने कुरा थाहा पाउन मन लाग्छ । यही प्रश्नको जवाफ थाहा पाउन एक करोडपतिले पेशेवर ‘हनीट्रयापर’ नियुक्त गर्ने निर्णय गरेका छन् । उनको कामको लागि छानिने ‘हनीट्रयापरलाई’ १५ हजार पाउण्ड नगद (२० लाख नेपाली रुपैयाँ) विलासी कार र फ्ल्याटसमेत दिइनेछ ।

मिररको समाचार अनुसार नाम खुलाउन नचाहने ती करोडपतिले लग्जरी सपिङ र मार्केटप्लेस वेबसाइटमा ‘पेशेवर हनीट्रयापर’को लागि विज्ञापन दिएका छन् । ती करोडपतिको ती युवतीसँग इंगेजमेन्ट पनि भइसकेको छ । उनी ती युवतीको वफादारी जाँच्न चाहन्छन् । ती करोडपति विगत १ वर्षदेखि ती युवतीको सम्पर्कमा छन् । यसअघिको उनको अनुभव राम्रो रहेन जतिबेला युवतीहरुले उनलाई केवल पैसाको लागि मन पराएका थिए त्यसैले यसपटक उनी धोका खान चाहँदैनन् । उनले दिएको विज्ञापनमा भनिएको छ – उनकी हुनेवाली पत्नीको वफादारी जाँच्ने र उनलाई पट्याउने व्यक्ति धनी देखिनुपर्छ, युवा र आकर्षक हुनुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *