म्यानमारमा डेँगुका कारण ४८ को मृत्यु, १० हजार ७ सय प्रभावित
काठमाडौँ । म्यानमारमा फैलिएको डेँगुका कारण यस वर्ष ४८ जनाको मृत्यु भएको छ। गत सात महिनाको अवधिमा अरु १० हजार ७५७ जनामा डेँगुको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन्।
स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको विवरणमा एयेयार्वाडी क्षेत्रमा सबैभन्दा धेरै जना प्रभावित भएको उल्लेख गरिएको छ। विभागका अनुसार एयेयार्वाडीमा डेँगुका कारण १९ सय ७४ जना प्रभावित भएको र ५ जनाको मृत्यु भएको छ।
त्यसपछि धेरै याङ्गुन क्षेत्रमा १७ सय ८८ जना प्रभावित र १५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। लामखुट्टेको टोकाइबाट हुने डेँगुबाट प्रभावित भएकाहरूमध्ये पाँचदेखि नौ वर्षसम्मको उमेर समूहका धेरै रहेका छन्।
यसअघि सन् २०१८ मा यस रोगबाट १८७ जनाको मृत्यु भएको थियो भने ३६ सय ४९ जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यस वर्ष मृत्यु हुनेको सङ्ख्या भने २५ रहेको अधिकारीहरूले जनाएका छन्। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment