एनआरएनए माल्टाको नयाँ नेतृत्वमा राजु अर्याल

डिसी नेपाल
३० साउन २०७६ १३:०३

माल्टा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) माल्टाको नयाँ नेतृत्वमा राज अर्याल (बाबु)चुनिएका छन्। संघको जुलाई १२ तारिख सोमबार सम्पन्न प्रथम अधिवेशनबाट कार्यसमितिका  सबै पदाधिकारीहरू सर्वसम्मतिमा चयन भएका हुन्।

अधिवेशनबाट निर्वा्चित हुने कार्य समितिका अन्य पदाधिकारीहरूमा बरिस्ठ उपाध्यक्ष रेमलाल खनाल, उपाध्यक्ष महेश्वर श्रेष्ठ, प्रकाश भण्डारी, नवीन गिरि, महिला पुष्पा बुढा, खनाल, महासचिव सन्देश केसी, सचिव भुवन अर्याल, कोषाध्यक्ष दीपक पोखरेल, सहकोषाध्यक्ष शंकर खत्री छन्।

त्यस्तै अधिवेशनबाट आईसीसी सदस्यमा तत्कालीन अध्यक्ष तेज लिम्बु, युवा संयोजकमा रोशन गिरि, महिला संयोजकमा एनी गुरुङ चयन भएका छन्।

अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिका सदस्यहरूमा  राजिब दाहाल, बिरेन्द्र  घिमिरे, मीन बहादुर खनाल, मनोज उपाध्याय, अर्बिन पौडेल, रबिन शर्मा पौडेल र नरेश खनाल  रहेका छन्।

अधिवेशनमा संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यको प्रमुख आतिथ्यता रहेकाे थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *