वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

डिसी नेपाल
१२ कार्तिक २०८१ ६:४४
32
Shares

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ। शनिबार राति सम्पन्न खेलमा वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

वेस्ट ह्यामको जितमा क्राइसेनसियो र जारोड बोवेनले एक एक गोल गरेका थिए। त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि क्यासेमिरोले एक गोल गरेका थिए।

यस खेलमा खेलको ९२औ मिनेटमा वेस्ट ह्यामले पाएको पेनाल्टी बारे विवाद भएको छ। भार रिभ्युले पेनाल्टी दिएपछि म्यानचेस्टर युनाइटेडले हार बेहोरेको थियो।

यो जितपछि वेस्टह्यामको ९ खेलमा ११ अंक भएको छ र लिगमा १३औं स्थानमा छ। त्यस्तै म्यानचेस्टर युनाइटेडले भने यस सिजनमा चौथो हार बेहोरेको छ । ९ खेलमा ११ अंक रहेको म्यानचेस्टर युनाइटेड लिगमा १४औ स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *