रोड्रीले जिते बालोन डो अर

डिसी नेपाल
१३ कार्तिक २०८१ ६:१४
368
Shares

काठमाडौं। म्यानचेस्टर सिटीबाट खेल्ने स्पेनिस मिडफिल्डर रोड्रीले यस बर्षको ‘बालोन डो अर’ को उपाधि जितेका छन्।

फ्रान्स फुटबल फेडेरेसनले हरेक बर्ष प्रदान गर्ने बालोन डो अर अवार्ड युरो कप विजेता स्पेनका रोड्रीले जितेका हुन्। उनले ब्राजिलका भिनिसियस जुनियरलाई पछि पार्दै यो अवार्ड जितेका हुन्।

रोड्रीले स्पेनलाई युरोकप जिताएका थिए भने म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, फिफा क्लब विश्वकप र युइएफए सुपर कप जिताएका थिए। २०१८ मा लुका मोड्रीचले जितेपछि बालोन डो अर जित्ने रोड्री पहिलो मिडफिल्डर हुन्।

२००८ देखि अहिलेसम्म क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी बाहेक बालोन डो अर जित्ने उनी तेस्रो खेलाडी हुन्। यस बिचमा मोड्रीचले २०१८ र करिम बेन्जमाले २०२२ मा बालोन डो अर जितेका थिए।

रोड्रीले यस बर्षको बालोन डो अर जितेपनि यो विवादित बनेको छ। यस बर्ष यस अवार्डका लागि रियल म्याड्रिडबाट खेल्ने भिनिसियस् जुनियरलाई प्रमुख दाबेदार मानिएको थियो।

रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा जिताउन प्रमुख भूमिका खेलेका भिनिसियसले यो अवार्ड नजित्ने भएपछि रियल म्याड्रिडले अवार्ड सेरोमनी नै बहिष्कार गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *