प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे प्रमुख सल्लाहाकारको राती साढे १० बजेपछि फेसबुक पोस्ट

डिसी नेपाल
३० साउन २०७६ २२:५३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे बिहीबार दिनभर चर्चा भएपछि राती प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले फेसबुकमा एक पोस्ट शेयर गरेका छन्। उनले फेसबुकमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य ठिक रहेको जानकारी दिएका छन्।

उनले सिंगापुरबाट फर्केपछि धेरै धपेडी भएकाले केही थकित भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेस फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र आजको सचिवालय बैठक भोली बस्ने गरी स्थगित भयो। यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन्। प्रमको स्वास्थ्य ठीक छ । उहॉ भोली बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ। उहॉको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *