रसुवाको भोटेकोशी बाढी: मृतकको संख्या १,४५७ पुग्यो

डिसी नेपाल
२१ असोज २०८३ ७:३७
4
Shares

काठमाडौं।  रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४५७ पुगेको छ। प्राप्त पछिल्लो अद्यावधिक विवरण अनुसार बुधबार बिहान ६ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४५७ जनाको शव फेला परेको छ।

बाढीका कारण रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २३२ जना र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा २२२ जना गरी १ हजार ४५५ जनाको शव फेला परेको हो। यसबाहेक अन्य २ जनाको भने काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ।

१,३३४ शवको व्यवस्थापन र डीएनए नमुना संकलन

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलनदेखि आवश्यक कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार ३३४ वटा शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ।

शव पहिचान कार्यलाई सहज बनाउन मृतकका १ हजार ३३६ र आफन्तका २ हजार ८२ गरी कुल ३ हजार ४१८ वटा डिएनए नमुना सङ्कलन भइसकेको छ। पहिचान हुन बाँकी रहेका १ हजार ४४० वटा शवहरूको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा समेत अपलोड गरिएको छ।

सुरक्षाकर्मी परिचालन र बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रहरूमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू प्रत्यक्ष रूपमा परिचालन गरिएका छन्।

हालसम्म बेपत्ता सूचीमा रहेका ४ हजार ७२० जनाको खोजी कार्य निरन्तर जारी छ। यसैगरी, प्रभावित क्षेत्रका विभिन्न जिल्लाहरूमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा १ हजार १७९ जना व्यक्तिहरूलाई आश्रय दिई राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *