काठमाडौं उपत्यकामा २४ घण्टामा ६३५ चालक कारबाहीमा, ८० जना मापसे कारबाहीमा परे
काठमाडौं। उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ६३५ वटा सवारीसाधनका चालकहरूलाई कारबाही गरेको छ।
बुधबार बिहानसम्म सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा सवारी नियम उल्लंघन गर्ने चालकहरूलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ८० जना, सिसिटिभी निगरानीमार्फत ३० जना र रातोबत्ती पालना नगर्ने २४ जना रहेका छन्।
यसैगरी, निर्धारित गतिभन्दा तीव्र गतिमा सवारी चलाउने ५९ जना, ‘हर्न निषेध’ नियम उल्लंघन गर्ने १५ जना, लेन अनुशासन पालना नगर्ने १५ जना, सवारीको अवस्था ठिक नभएका ७ जना र एकतर्फी (वान-वे) सडकमा सवारी चलाउने ५ जना चालक कारबाहीमा परेका छन्। अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने ४०१ जना चालकहरूलाई पनि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment