यू-१९ महिला टी-२० विश्वकप छनौटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाडौं। नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ। दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुँदै छ।
प्रतियोगितामा नेपालले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ। अंक तालिकामा नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ।
नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो। त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ। नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ।
छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment