पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

डिसी नेपाल
२ मंसिर २०८१ १६:०८
144
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा दुःख व्यक्त गरेका छन्। उनको मृत्युको खबरले आफू मर्माहत बनाएको राष्ट्रपति पौडेलले बताएका छन्।

‘पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुंगानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ। पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएको छ,’ उनले भनेका छन्।

नेपालको लोकतान्त्रिक आन्दोलनमा ढुंगानाले पुर्‍याएको योगदानलाई मुलुकले सधैँ स्मरण गरिरहने राष्ट्रपतिको भनाइ छ। ‘दुःखको यस घडीमा प्रिय मित्र ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *