अध्यक्ष नेपाल र रसियन कम्युनिष्ट पार्टीका अध्यक्ष सर्गेईबीच भेटवार्ता
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र रसियन कम्युनिष्ट पार्टी (सिपिसिआर) का अध्यक्ष सर्गेई मालिन्कोबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटवार्तामा एकापसमा सहकार्य तथा सहयोग आदानप्रदान, दुवै मुलुकको राजनीतिक, आर्थिक विकास, सामाजिक रुपान्तरण, सांस्कृतिक आदानप्रदानलगायतका विषयमा छलफल भएको एकीकृत समाजवादी विदेश विभाग सचिव डा शंकर खतिवडाले जानकारी दिए।
भेटवार्तामा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, विदेश विभाग सचिव डा खतिवडालगायत नेताको सहभागिता रहेको थियो। एकीकृत समाजवादीको विदेश विभागको निमन्त्रणामा साताव्यापी नेपाल भ्रमणमा रहेको उक्त प्रतिनिधिमण्डलले रुस भ्रमणको निमन्त्रणासमेत दिएको विदेश विभाग सचिव डा खतिवडाले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment