माओवादी केन्द्रको स्थगित पदाधिकारी बैठक भोलि बस्ने

डिसी नेपाल
३ मंसिर २०८१ ११:४८
40
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनलगायत कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अब भोलि बस्ने भएको छ।

बैठकमा स्थानीय तह उपनिर्वाचन, विधान संशोधन, पालिका सम्मेलन, केन्द्रीय समितिको बैठकलगायत विषयमा छलफल हुने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *