दुर्गा प्रसाईं घरबाटै गिरफ्तार

डिसी नेपाल
४ मंसिर २०८१ १२:३८
428
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

भक्तपुरस्थित निवासबाट सीआईबी टोलीले प्रसाईंलाई आज पक्राउ गरेको हो। नक्कली डकुमेन्टको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोप उनीमाथि छ।

सामाजिक सन्जालमार्फत् भ्रम फैलाउने काम गरेकाले उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

प्रसाईंले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको कागजात सार्वजनिक गरेका थिए। उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएको छ।

यो पनि पढ्नुहोस्, 

सुशासनको माला जप्ने सरकारलाई जनताको प्रश्न-दुर्गा प्रसाईंले सजाय पाउँछन् कि प्रधानमन्त्रीले ?


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *