उपनिर्वाचनबारे जानकारी दिन आयोगले शुरु गर्‍यो कल सेन्टर

डिसी नेपाल
४ मंसिर २०८१ १६:३९
20
Shares

काठमाडौं। निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई मध्यनजर गर्दै कल सेन्टर संचालनमा ल्याएको छ। आयोगले आज बिहान ७ बजेदेखि राती ७ बजेसम्म संचालन हुने गरि निःशुल्क ११०२ नम्बरको कल सेन्टर संचालनमा ल्याएको जानकारी दिएको हो।

यस कल सेन्टरमा उपनिर्वाचनको विषयमा उम्मेदवारी, मतदान प्रक्रियासहित सम्पूर्ण जानकारी पाउन सकिने आयोगले जनाएको छ। साथै आयोगले उपनिर्वाचन बारे केहि जानकारी चाहिएमा यस कल सेन्टरमा सम्पर्क गरि जानकारी लिन आग्रह गरेको प्रवक्ता नीता पोखरेलले जानकारी दिएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *