पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो

डिसी नेपाल
४ मंसिर २०८१ २०:०८
164
Shares

काठमाडौं। सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ। उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएको हो।

छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो।

रास्वपा सभापति रवि लामिछाने र जोशीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *