भृकुटीमण्डपमा गर्ने भनिएको एमालेको सभा स्थल फेरियो
काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते भृकुटीमण्डपमा गर्ने भनिएको सभा स्थल परिवर्तन गरेको छ।
काठमाडौं उपत्यकाका तीन जिल्ला कमिटीको आयोजनामा हुने सभा दरबारमार्गमा आयोजना गरिने एमालेले जनाएको छ। सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ।
सभाअघि भद्रकालीबाट सुरु हुने र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुने र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यतालिका छ।
सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment