दुर्गा प्रसाईंलाई राखियो सिंहदरबार वृत्तको हिरासतमा

डिसी नेपाल
५ मंसिर २०८१ १८:२७
328
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा बुधबार काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर उनलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको हो। न्यायाधीश माधव प्रसाद अधिकारीले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन्।

सोमबार प्रसाईंले युट्युबरसँग प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम एक्जिएटा प्रालिमा लगानी गरेको दाबीसहित केही कागजपत्र सार्वजनिक गरेका थिए।

प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजात कीर्ते गरेर तयार पारिएको पाइएपछि उनी अनुसन्धानको दायरामा तानिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *