काठमाडौं उपत्यकामा तीन जनाको शव फेला
काठमाडौं । काठमाडौं उपत्यकाका दुई जिल्लामा तीन जनाको शव फेला परेको छ। काठमाडौं र ललितपुरका फरक-फरक स्थानमा तीन जनाको शव फेला परेको हो।
काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत फेला परेका छन्।
यसैगरी काठमाडौं महानगरपालिका–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि एक पुरुषको शव भेटिएको छ। उनको पहिचान खुल्न सकेको छैन।
ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा प पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment