स्याङ्जामा एक जनाको शव फेला
काठमाडौं । स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला परेको छ।
बिहीबार साँझ करिब ५ बजे भिरकोट नगरपालिका-२ डाँडाकोटका ताराबहादुर बस्नेतको शव भेटिएको प्रहरीले जनाएको छ।
बस्नेत घर फर्किने क्रममा गोरेटो बाटोबाट सडकमा खसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment