पोखराबाट लागूऔषधसहित एक जना पक्राउ
पोखरा । लागूऔषधसहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपिल घिमिरे छन्।
पक्राउ परेका घिमिरेको साथबाट डाईजापाम दुई सय २८, फेनेरागन दुई सय १२ र ब्रुफिन दुई सय २२ गरी जम्मा छ सय ६२ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
घिमिरेविरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा १० दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment