दुर्गा प्रसाईं समर्थकको प्रदर्शन कोटेश्वरमा

डिसी नेपाल
७ मंसिर २०८१ १४:२१
152
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन्।

शुक्रबार कोटेश्वर क्षेत्रमा भेला भएर उनी उनीहरू प्रदर्शन गरिरहेका हुन्।

प्रसाईं पक्राउको विरोधमा उनको नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर क्षेत्रमा विरोध प्रदर्शन गरिरहेको हो। प्रदर्शनकारीले प्रसाईंको रिहाइको माग गरिरहेका छन्।

सोमबार प्रसाईंले युट्युबरसँग प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम स्मार्ट एक्जिएटा प्रालिमा लगानी गरेको दाबीसहित केही शंकास्पद कागजपत्र सार्वजनिक गरेका थिए। प्रहरीको प्रारम्भिक जाँचका क्रममा ती कागजात कीर्ते गरेर तयार पारिएको पाइएपछि उनी अनुसन्धानको दायरामा तानिएका छन्।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा बुधबार काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिएर प्रहरीले प्रसाईंमाथि अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *