राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन्।
कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेललाई भेटे गरेका हुन्। सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस (आईपीटीपी) को मङ्सिर ८ देखि ११ गतेसम्ममा हुने ११औं प्लेनरी सेसनमा भाग लिन जान लागेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment