रोकियो नयाँ राहदानी वितरणको काम, यस्तो छ कारण

डिसी नेपाल
७ मंसिर २०८१ १६:३२
584
Shares

काठमाडौं । राहदानी वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ। काम रोकिएसँगै दुई दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन सकेका छैनन्।

राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएसँगै राहदानी वितरण प्रक्रिया रोकिएको बताइएको छ। यसले तुरुन्तै रहादानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नुपर्ने सेवाग्राही प्रभावित भएका छन्।

विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको उल्लेख गरेको छ। ९ मंसिरसम्म समस्या समाधान गरेर १० गतेदेखि सेवा पुनः सुरु गर्न विभाग प्रयासरत रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “रोकियो नयाँ राहदानी वितरणको काम, यस्तो छ कारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *