भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

डिसी नेपाल
८ मंसिर २०८१ २०:२०
44
Shares

काठमाडौं। नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज मुस्ताङ जिल्लास्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेका छन्।

सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजाअर्चनासहित दर्शन गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाल र भारतका हिन्दू एवं बौद्ध धर्मावलम्बीले मुक्तिनाथको पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन्। प्रत्येक वर्ष हजारौं भारतीय दर्शनार्थी मुक्तिनाथको दर्शनका लागि आउने गरेका छन्।

आजै, भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरास्थित श्री पश्चिम पृतना मुख्यालयको भ्रमण गरेका छन्। उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गरेका थिए।

नेपाली सेनाको निमन्त्रणामा उनी बुधबार नेपाल भ्रमणमा आएका हुन्। बिहीबार उनले सेनाको राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीबाट सुशोभित भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *