खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
काठमाडौं । लागूऔषध खैरो हेरोइनसहित नागढुंगाबाट प्रहरीले एक जनालई पक्राउ गरेको छ।
इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले ९ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–००६ ख ४७९७ नम्बरको यात्रुबहाक बसबाट उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment