महानगरले एमालेलाई हुलाकबाट पठायो जरिवाना चिठ्ठी
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई जरिवानाको चिट्ठी इमेल र हुलाकमार्फत पत्र पठाएको छ। आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र पठाएको हो।
नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्ने क्रममा सडक र पेटीमा फोहर गरेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको थियो।
आइतबार काठमाडौं महानगरको टोली एक लाख जरिवाना गरिएको पत्र लिएर च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेकोमा एमालेले उक्त पत्र लिन इन्कार गरेको थियो।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिट्ठी बुझ्न अस्वीकार गरेपछि सोमबार बिहान हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाइएको काठमाडौं महानगर प्रहरी बल प्रमुख एसएसपी राजुनाथ पाण्डेले बताए। अधिकारीले एमाले केन्द्रीय कार्यालय कार्यक्रम आयोजक नभएकाले आयोजकलाई नै पत्र दिनु भन्दै फिर्ता पठाएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment