परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत
काठमाडौं। परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राणाको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले बताएका छन्।
परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जान लागेकी हुन्। उनी मंसिर १३ देखि १५ गतेसम्म चीन भ्रमणमा रहने छिन्।
प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment