तोलामा २६ सयले घट्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी, आज चाँदीको मुुल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment