हिजो आएर सुन्धाराको होटलमा बसिन्, आज ४ तला माथिबाट हाम्फालिन्
काठमाडौं। सुन्धारामा एक महिलाले होटलको चौथो तलाबाट हामफालेर आत्महत्या गरेकी छिन्। ३८ वर्षीय दिलकुमारी गुरुङले नागराज होटेलबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ।
होटलमाथिबाट हाम्फालेर आत्महत्या गरेको भन्ने बुझिएको र थप घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ । उनी शुक्रवार होटेलमा कोठा लिएर बसेकी थिइन्। उनी श्रीमान् र सासुससुरासँगै होटेलमा पुगेको प्रारम्भीक अनुसन्धान देखिएको छ । प्रहरीले अनुसन्धानका लागि उनका परिवारका सदस्यलाई नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment