हिजो आएर सुन्धाराको होटलमा बसिन्, आज ४ तला माथिबाट हाम्फालिन्

डिसी नेपाल
३२ साउन २०७६ १४:०८

काठमाडौं। सुन्धारामा एक महिलाले होटलको चौथो तलाबाट हामफालेर आत्महत्या गरेकी छिन्। ३८ वर्षीय दिलकुमारी गुरुङले नागराज होटेलबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ।

होटलमाथिबाट हाम्फालेर आत्महत्या गरेको भन्ने बुझिएको र थप घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ । उनी शुक्रवार होटेलमा कोठा लिएर बसेकी थिइन्। उनी श्रीमान् र सासुससुरासँगै होटेलमा पुगेको प्रारम्भीक अनुसन्धान देखिएको छ । प्रहरीले अनुसन्धानका लागि उनका परिवारका सदस्यलाई नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *