रास्वपामाथि चौतर्फी प्रहार भयो : मनिष झा

डिसी नेपाल
११ मंसिर २०८१ १७:०२
228
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएको छ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवहाक प्रवक्ता मनिष झाले एमाले नेता लीलाबल्लभ अधिकारीमाथि कानुनी कारबाही नभएको घटनाले रास्वपामाथि राजनीतिक प्रतिशोध साधिएको थप पुष्टि गरेको दाबी गरे।

‘हामीमाथिको राजनीतिक प्रतिशोध हो भन्ने प्रमाणित गरिरहनु पर्दैन। त्यसको आधार हामीले दिइराख्नै पर्दैन। लीलाबल्लभ अधिकारीलाई कानुनी कारबाही नहुने, मुद्दा पनि दायर नहुने भन्ने कुराले यसको प्रमाणित गरिसक्यो,’ उनले भने। उनले अदालतलाई सम्मान गर्नेसमेत बताएका छन्।

उनले सभापति रवि लामिछानेले सहकारीको ब्याज नै तिर्नको लागि चेक काटेको भन्ने डकुमेन्ट संगठित रूपमा बाहिर ल्याएर प्रचार गरेको रास्वपाको दाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *