भरतपुर बन्यो देशकै प्रदूषित सहर, काठमाडौंको अवस्था के छ?

डिसी नेपाल
१३ मंसिर २०८१ १५:०६
640
Shares

काठमाडौं । चितवनको भरतपुर देशकै सबैभन्दा प्रदूषित सहर बन्न पुगेको छ। वायुको गुणस्तरका आधारमा बिहीबार चितवनको भरतपुर नेपालको सबैभन्दा प्रदूषित सहर बनेको हो।

वातावरण विभागका अनुसार पछिल्लो २४ घण्टामा भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको छ।

सोही अवधिमा काठमाडौं उपत्यकाका रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ। रत्नपार्कमा बिहीबार अपराह्न १२ बजेको एक्यूआई १५३ छ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ। त्यसभन्दा माथि भए वायु अस्वस्थकर मानिन्छ। यस आधारमा काठमाडौं उपत्यका सहित भरतपुरको वायु निकै स्वस्थकर रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *